सिन्धुली – मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.१३ माथील्लो रानिबास आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कटारीबाट भिमान तर्फ आउदै गरेको गरेको म.प्र.०४–००१ क ००५१ न. को ट्रक र विपरीत दिशाबाट जादै गरेको बा ९२ प ६५६२ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही हरिवन नगरपालिका वडा नं.७ बस्ने बर्ष ३० को रिद्दि बहादुर मिरिङसिङ रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याउदैगर्दा बाटैमा मृत्यु भएकोे भनि जिल्ला अस्पताल सिन्धुलीको डाक्टरले ऐ.१०ः३५ बजेको समयमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालले बताउनुभयो ।
दुवै सवारी साधन र ट्रक चालक महोत्तरी गौशला नगरपालिका वडा नं. १ बस्ने बर्ष ४१ को जित बहादुर आल् प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।