शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा रोकि राखेको गाडी दुर्घटना

आइतवार , कार्तिक ५, २०८०

सिन्धुली– शनिबार सिन्धुलीमा रोकि राखेको गाडी गुडकिएपछि दुर्घटना भएको छ । जिल्लाको गोेलन्जोर गाउँपालिका ५ छब्बिसेमा रोकिरहेको गाडी गुड्किएर भित्तामा ठोक्किदा दुई जना घाईते भएका छन् । काठमाडौँबाट जनकपुरतर्फ आउदै गरेको ना १ ज ६९२५ नम्बरको विङगर गाडी तातिएपछि चालक पानी लिन जादाँ गाडी ३० मिटर तल गुड्किएर सडकको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) चिरञ्जीवि दाहालले जानकारी दिनुभयो ।

दुर्घटना हुदाँ उक्त गाडीमा सवार सर्लाहीको ईश्वरपुर नगरपलिका १ घर भई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी वरिष्ठ नायव निरिक्षक (वरिष्ठ सई) उमेश कुमार चौधरीको बाया हात फ्याक्चर भई मध्यम घाईते भएको डिएसपि दाहालले बताउनुभयो । सोही गाडीमा सवार महोत्तरीको भंगाहा नगरपालिका ९ का ३९ वर्षिय बसन्ती सिंहको दुवै घुडामा चोट लागेको र अवस्था सामान्य रहेको डिएसपि दाहालले जानकारी दिनुभयो । गाडीमा १४ जना सवार रहेकोमा अन्य १२ लाई केही नभएको उहाँले बताउनुभयो । दुर्घटनामा घाईते भएका दुवैजनाको सामान्य उपचार पछि डिस्चार्ज भएको डिएसपि दाहालले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया