शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट बालक गम्भिर घाईते

शनिवार , कार्तिक ४, २०८०

सिन्धुली– सिन्धुलीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । शुक्रबार दुधौली नगरपालिकामा मोटरसाइकलको ठक्करबाट चार वर्षिय बालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । भित्रि सडक खण्ड अन्तर्गत दुधौलिबाट ठुलो लखनपुरतर्फ जादै गरेको प्रदेश १–०५–००१ प ५८०४ नम्बरको मोटरसाइकलले लक्ष्मि अधिकारीको चार वर्षिय छोरा साईमन अधिकारीलाई ठक्कर दिँदा बालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) चिरञ्जीवि दाहालले जानकारी दिनुभयो ।

दुधौली नगरपालिका ५ घारीथुम्सिका १८ वर्षिय सुदिप कुमरले चलाएको मोटरसाइकलले बाटोमा खेलिरहेको बालकलाई ठक्कर दिएको डिएसपि दाहालले बताउनुभयो । घाईते बालकको बाँया आँखामाथि, पेट र बाँया तिघ्रामा चोट लागेको छ । उनको प्रयाग अधिकारी हेल्थ कियरमा ल्याई सामान्य उपचारपश्चात बिराटनगर रिफर गरिएको डिएसपि दाहालले बताउनुभयो । उनको न्युरो बिराटनगरमा उपचार भइरहेको र स्वास्थ्यमा सुधार आइरहेको खबर पाएको डिएसपि दाहालले बताउनुभयो । यता, चालकको दुबै हातमा सामान्य चोट लागेको छ भने उनको साथमा कागजपत्र नरहेको डिएसपि दाहालले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया