शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा अटो दुर्घटना हुँदा ५ जना घाईते

बिहिवार , आश्विन २५, २०८०

सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिकामा अटो दुर्घटना हुँदा पाँचजना घाईते भएका छन् । बिहिबार गोलन्जोर गाउँपालिका वडा नं.७ पलासे नजिक वि.पि राजमार्गमा अटो दुर्घटना हुँदा अटोमा सवार पाँचजना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो ।

गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित तल्लो बाराबाट खुर्कोट तर्फ आउँदै गरेको प्रदेश.२–०२–००१.ह.१३२२ नम्बरको अटो आफै अनियन्त्रित भई सडकको दाहिने साईडको नालिमा झरी दुर्घटना भएको डिएसपि दाहालले बताउनुभयो । अटोमा सातजना सवार रहेका थिए । गोलन्जोर गाउँपालिका वडा नं. ५ का ३४ वर्षिय अटो चालक सोम बहादुर तामाङ र अटोमा सवार एकजना भने सकुशल रहेको डिएसपि दाहालले बताउनुभयो । दुर्घटनामा घाईते हुने सबैजना गोलन्जोर गाउँपालिका ५ को स्थानिय रहेका छन् । दुर्घटनामा ७० वर्षिय सन्तमाया बि.के दाहिने हात र छातिमा, २६ वर्षिय राजु बि.क.को दाहिने खुट्टमा, ५७ वर्षिय बिष्णु कुमारी बि.क.को दाहिने खुट्टा र दाहिने हातमा, ६० वर्षिय कृष्ण माया बि.क.को छातीमा र ६० वर्षिय बिन्दा बि.क.को दाहिने हात र बाँया खुट्टमा चोट लागेको डिएसपि दाहालले बताउनभुाये । उनीहरु सबैको अवस्था मध्यम रहेको र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । अटो र अटो चालक तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया