शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली आउदैँ गरेको मोटरसाइकल दुर्घटना, एकको मृत्यु

बुधवार , आश्विन २४, २०८०

सिन्धुली– बनेपाबाट सिन्धुलीतर्फ आउदैँ गरेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार सिन्धुलीतर्फ आउदैँ गरेको बा ९६ प ९२६१ नम्बरको मोटरसाइकल विपी राजमार्गस्थित रोशी गाउँपालिका–११ माम्तीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको डीएसपी राजकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक बनेपा नगरपालिका–१० जनागाल बस्ने २५ वर्षीय सर्वेश्वर हुमागाई रहेको जानकारी दिनुभयो । मोटरसाइकल अनियन्त्रित भइ सडकको डिभाइडरमा ठोक्किएर नालीमा खसेको थियो । घाइते भएका हुमागाईलाई धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया