सिन्धुली– जिल्लाको दुधौली नगरपालिका–२ स्थित प्रशिद्ध मधुगंगा महादेव मन्दिर दर्शन गर्न आएका तिर्थथात्रीको आईतबार मृत्यु भएको छ । उनी वडा नं.२ आपभञ्ज्याङको गोरेटो बाटोमा चिप्लीएर लडेका थिए ।
मधुगंगा महादेव मन्दिरको दर्शन गर्न आएका भारतिय तिर्थयात्री भारतको सितामाडी चकमैला यादब चौक घर भएका अन्दाजी बर्ष ३२÷३३ का सुनिल कुमार यादब रहेको र उनको दुधौली नगरपालिका–२ आपभञ्ज्याङ स्थित सहरी स्वाथ्य क्लीनिकमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मन्दिर जाने ओरालोमा चिप्लीएर लड्दा उनको टाउँकोमा गम्भीर चोक लागेको प्रहरीले जनाइएको छ । मृतक सुनिल कुमार शनिबार आफ्ना १० बर्षिय छोरा सहित छिमेकीहरुसँग मन्दिर दर्शन गर्न आएका थिए । उनको शबलाई जिल्ला अस्पतालमा पोष्टमार्टमको लागी राखिएको जनाइएको छ ।