सिन्धुली – मदनभण्डारी राजमार्ग स्थित दुधौली नगरपालिका–८ मा आईतबार एम्बुलेन्सले अटोलाई ठक्कर दिदा अटोमा सवार ६ जना घाईते भएका छन ।
दुधौलीबाट कटारी तर्फ जादै गरेको स १ ह १ ह ३३७७ नम्बरको अटोलाई कटारी बाट दुधौली तर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४७१५ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा अटोमा सवार ५ जना घाईते र १ जना समान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गम्भीर घाईते हुनेमा सिन्धुली दुधौली नगरपालिका–७ का अटो चालक ४२ बर्षिय अर्जुन केसी, २८ बर्षिय निरज खत्री, २८ बर्षिय समिक्षा अधिकारी, ४५ बर्षिय कल्पना खत्री, ३६ बर्षिय बिनिता श्रेष्ठ, ४५ बर्षिय बल बहादुर थापामगर रहेका छन । घाईतेहरु सबै दुधौली नगरपालिका–७ कै रहेको र उनीहरु मध्ये ५ जनालाई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको र १ जना बल बहादुर थापामगरको दुधौली स्थित हेन्डस अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भईरहेको जनाइएको छ ।
त्यस्तै आईतबार नै बीपी राजमार्ग स्थित गोलन्जोर गाउँपालिका–५ मा बर्दिबासबाट काठमाडौ तर्फ जादै गरेको मधेश प्रदेश ०४–००१ ज ००४६ नम्बरको ईलेक्ट्रीक गाडीलाई काठमाण्डौबाट इटहरितर्फ आउँदै गरेको बागमति प्रदेश ०१–०२६ च ६६६४ नम्बरको कारले ठलकर दिएको मानवीय क्षति नभएको र सवारीसाधनमा भने क्षति भएको प्रहरीले जनाएको छ ।