सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार जेकजाँचको क्रममा वीपी राजमार्ग स्थित कमलामाई नगरपालिका–६ माझीटारबाट अबैद्य युरिया मल र कपडा नियन्त्रणमा लिएको छ ।
बीपी राजमार्गमा बेवारिसे अवस्थामा ६ बोरा युरिया मल र जेब्रा झोलामा राखिएको कुर्था सुरुवालको कपडा ३९ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अन्दाजी मुल्य रु. ३२,७००। बरावरको सामान फेला पारी जनकपुर भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ । त्यस्तै शनिबार सवारी चेकजाँचको क्रममा भिमान चेकपोष्टमा सर्लाहीबाट काठमाण्डौं तर्फ जार्दै गरेको प्रदेश २–०३–००१ ज ०२१६ नम्बरको गाडिबाट घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चा नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।