बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

बीपी राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा दुई घाईते

शनिवार , भाद्र २, २०८०

सिन्धुली– बीपी राजमार्गमा शनिबार मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन । बीपी राजमार्ग सिन्धुली–खुर्कोट खण्डको गोलन्जोर गाउँपालिका–५ सोलाभञ्ज्याङमा बर्दिबासबाट काठमाडौँ तर्फ जादै गरेको प्रदेश २–०२–००५ प १२५७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक महोत्तरी जलेश्वर नगरपालिका–१ का २९ बर्षिय एजाज अन्सारी र मोटरसाईकल पछाडि सवार महोत्तरी जलेश्वर नगरपालिका–२ का ५९ बर्षिय अरन्जेव सिद्धिकी घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईतेहरुको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया