सिन्धुली– शुक्रबार सिन्धुलीका विभिन्न स्थानमा सडक दुर्घटना हुँदा एउटा गाई मृत्यू र पाँचजना मान्छे घाईते भएका छन् ।शुक्रबार विद्युतिय गाडी इकोभ्यानले पैदल यात्रीलाई ठक्कर दिँदा दुधौली नगरपालिका १० कि ५० वर्षिया सिता कार्की घाईते हुनुभएको छ । दुधौली न.पा १० घेलफोरा चोक स्थित मदन भण्डारी राजमार्गमा उदयपुर बेलटारबाट काठमाडौँ जाँदै गरेको बा १५ च ६१४७ नम्बरको ईकोभ्यानले पैदल यात्री कार्कीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । कार्कीको अवस्था सामान्य रहेको र सवारी चालकसहित ईकोभ्यान प्रहरी नियन्त्रणमा रहेको दाहालले बताउनुभयो ।
त्यसैगरि, शुक्रबारनै ट्रकले गाईलाई ठक्कर दिदा गाईको मृत्यु भएको छ । दुधौली नगरपालिका २ रतनपुर स्थित मदनभण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको ना ७ ख ७२६ नम्बरको ट्रकले सोहि ठाउँको रामनारायण कुमरको गाईलाई ठक्कर दिएको थियो । गाईको घटना स्थलमानै मृत्य भएको र ट्रकसहित चालक प्रहरी नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी दाहालले बताउनुभयो ।
त्यस्तै, जिल्लाको सुनकोशी गाउँपालिका २ टुप्पिडाँडा स्थित बि. पि. राजमार्गमा आईतबार ईकोभ्यान अनियन्त्रित भई दुर्घटना भएको छ । काठमाडौँबाट सिन्धुलीतर्फ आउदैँ गरेको प्रदेश ३–०१–०२२ च ००३५ नम्बरको किताब र कापि बोकेको ईकोभ्यान आफैँअनियन्त्रित भई सडकको बाँया साईडबाट अन्दाजि १० मिटर तल खसि दुर्घटना भएको डिएसपी दाहालले बताउनुभयो । दुर्घटना हुँदा सिन्धुपाल्चो बाह्रबिसे नगरपालिका ९ का २० वर्षिया सिंहबिर तामाङ र सोही गाडीमा सवार सिन्धुलीको तिनपाटन गाउँपालिका ८ का ४० वर्षिया पुण्य प्रसाद अधिकारी सामान्य घाईते भएका छन् । ईकोभ्यान प्रहरी नियन्त्रणमा रहेको डिएसपी दाहालले बताउनुभयो ।
शुक्रबारनै सुनकोशी गाउँपालिका ५ रिठ्ठेभिर नजिक बि. पि. राजमार्गमा नम्बर नखुलेको योद्धा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । काठमाडौबाट सिन्धुली तर्फ आउदै गरेको नम्बर नखुलेको गाडीले सिराहाबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ०४६० नम्बरको मोटरसाइकलाई ठक्कर मोटरसाइकल चालक सिराहाका २२ वर्षिया प्रविण कुमार साह र मोटरसाइकलमा सवार ४२ वर्षियाा मनोज कुमार साह घाइते भएक छन् । उनीहरु दुवैको अवस्था मध्यम रहेको र उपचारको लागी धुलिखेल तर्फ पठाइएको छ । ठक्कर दिने योद्धापिकअपको खोजतलास भई रहेको डिएसपी दाहालले जानकारी दिनुभयो ।