बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

मरिणमा सिपमुलक तालिम दिइने

शुक्रवार , भाद्र १, २०८०

सिन्धुली – मरिण गाउँपालिकामा १८ बर्ष देखी २४ बर्ष उमेर समूहका युवा महिला, तथा पुरुषहरुलार्ई स्वरोजगार बनाई आत्म निर्भर बनाउन विभिन्न सिपमुलक तालिम दिने भएकोे छ । प्लान इन्टरनेश्नल नेपाल र सिड्स नेपाल सिन्धुलीको साझेदारी तथा गाउँपालिकाको समन्वयनमा संचालित दक्ष युवा परियोजना अन्तरगत तालिम संचालन हुने भएको हो ।

इलेक्टिसियन, पलम्बर, वयटर, होटल रिसेप्सनिष्ट, होटल कुक, कारपेन्टर, ब्युटिसियन, हेयर सलोन, अटो डाईभर, मार्वल टायल फिटर, लोकल पोट्रटी फार्मीमङ्ग, सेनेटरी प्याड बनाउने लगायतका तालिम संचालन हुने मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले जानकारी दिनुभयो ।

युवा महिला तथा पुरुषहरुलाई रोजगार एंव स्वरोजगार बनाउने उदेश्यले तालिम संचालन गर्न लागिएको अध्यक्ष मोक्तानले बताउनु भयो । मरिण गाउँपालिकामा स्थाई रुपमा बसोबास गर्ने युवा महिला तथा पुरुषहरुलाई सात दिन भित्र गाउँपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन दिन आग्रह गरेको छ । एक ब्यक्क्तिले ३ वटा सँम्म तालिम लिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया