सिन्धुली– वर्षातको समयमा सदरमुकामसंग सम्पर्क विच्छेद हुने दुधौली नगरपालिका अन्तर्गत कमलानदीमा यस वर्ष एउटा पुल निर्माण सम्पन्न भएको छ । कमलामाई नगरपालिका वडा नं र १० जोड्ने पक्की पुल यो वर्ष निर्माण सम्पन्न भएको हो । वर्षातको ४ महिना अत्यन्तै कष्टकासाथ जीवनयापन गर्ने दुधौलीको हत्पते, डकाहा, सिर्थौली, दुधौली,टा“डी, लदाभीरका स्थानीले अब बा¥है महिना दुःख झेल्नु नपर्ने भएको छ । दुधौली नगरपालिका ११ टाँडीबाट वडा नं ९को हात्तीवन गाँछी जोड्ने कमलानदीको पुल ६ सय मीटर लम्वाइ रहेको छ । पुलको १२ वटा स्पान रहेको छ । यो पुलको लागत भ्याट सहित ७८ करोड रहेको छ ।
कमलानदीमा पुल नभएर सास्ती खेपेका स्थानीय तिव्र गतीमा निर्माण भएका पुलको सुविधा पाएर दंग छन् । स्थानीय फणिन्द्रबहादुर बस्नेत हिजोका दुःखका काहाली लाग्दो दिन संझिदा आंग सिरिंग गर्ने र पुल निर्माण भएको हेरेर खुसीको संचार छाउने बताउँनु भयो । उहाँले भन्नुभयो, “वर्षातमा वारपार गर्न नसक्दा ज्यादै कठिन थियो, हिंउदमा समेत चिप्ला ढुंगा हुने भएकाले पार गर्न कम्ता कष्ट थिएन्, अवत पुलबाटै सरर हिड्ने दिन आए ।”
कमलामा पुल नहुँदा हेलिएर वारपार गर्नेको ज्यानै जाने गरेको थियो । अर्का स्थानीय शीवकुमार कटुवालले कमलामा बगेर वर्षेनी दर्जनको हाराहारीमा स्थानीयको ज्यान जाने गरेको सुनाउनुभयो । काम परेपछि बाढी आएको भएपनि पार गर्नु पर्ने अवस्था आउने र पार गर्दा बगाएर ज्यान जाने गरेको थियो । वारपार गर्दा मात्र हैन्, पुल नहुँदा उपचार नपाएर विरामीको अकालमै ज्यान जाने गरेको अनगिन्त घटनाका भुक्तभोगी हुनुहुन्छ, कटुवाल ।
उहाँले भन्नुभयो, “कमलानदीमा बाढी आएपछि विरामीको उपचार गर्न नपाएरै मृत्यु हुने गरेको थियो, कुनै आइ उपाए नलागे पछि मर्नुको शिवाय के नै विकल्प रहन्छ ।” कमलामा पुल नहुँदा वर्षातका चारमहिना कमला पारीका वासिन्दालाइ खाद्यान्ह समेत संकट पर्ने गरेको थियो । कृषकलाइ त पुल नहुँदा वर्ष दिन खाने अन्नबाली लगाउन कठिन थियो । खेती वारीपारी हुने नदी पार गर्नै समस्या हुने भन्या, कटुवालले दुःख पोख्नुभयोे ।
एकातिरबाट कमलालाले थुन्ने अर्कोतिर तावाखोला पार गर्न नसकिने माझमा परेर जीवन धान्न नै निकै कठिन थियो । अहिले आएर पुलै पुल हेरेर कटुवालको मन नै पुलकित बनेको छ । यो पुलको १० किलोमीटर उत्तरतर्फ नलाग्दै कमलानदीमा उही आकारको अर्को पुल छ । दुधौली नगरपालिकाकै वडा नं ३ मिलनचौकबाट वडा नं ५ को डकाहा जोड्ने कमलानदीको पुल निर्माण भएको छ ।
पा“चसय मीटर लम्वाइ रहेको यो पुल सडक विभाग पुल महाशाखा अन्तर्गत निर्माणा भएको हो । डकाहालाइ दुधौलीपछिको दोस्रो ठुलो बजार क्षेत्र मानिन्छ । गतवर्ष यी दुइपुलको बीचमा दुधौली नगरपालिका–५ खनियाँबाट वडा नं ६ को हर्षाही जोड्ने कमलानदीको पक्की पुल निर्माण सम्पन्न भएर संचालन आइसकेको छ । यो पुलको समेत निर्माणकार्य सम्पन्न गर्नुपर्ने मिति भन्दा एकवर्ष अगावै सकिएको हो । पुल दुई वर्षको अवधिमै निर्माण सम्पन्न भएको हो ।
हर्षाहीलाई जोड्ने गरी कमला नदीमा पाँचसय मीटर लामो पक्कि पुल निर्माण भइ संचालनमा आएस“गै त्यस क्षेत्रका बासिन्दाले बर्षादको मौसममा ज्यानै गरी भोग्दै आएको सास्तीबाट मुक्ति पाएका छन् । डकाहाका शान्तिप्रसाद गौतम,७५ कमला नदी वारपार गर्ने क्रममा ज्यानै जानेगरी आफुले भोगेको सास्ती अहिले पनि झल्झली सम्भनुहुन्छ । दुइ बर्षअघिसम्मको यो उदेक लाग्दो घट्ना अहिले भने बीपनामा परिणत भएको उहाँको भनाई छ ।
नेपाल सरकारको राष्ट्रिय गौरबको आयोजना मदन भण्डारी राजमार्ग धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत कटारीदेखि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीसम्म बाह्रै महिना यातायात सञ्चालन गर्न पुल निर्माण भएपछि सुविधा पुगेको स्थानीय बासिन्दा बताउँछन् । राजमार्ग अन्तर्गत दुधौली नगरपालिकाकै २ नं वडाको हत्पते र वडा नं ३ को झुुंगा जोड्ने कमलानदीको पुल भने निर्माण शुरु भएको १० वर्षमा सम्पन्न भएको हो । यो पुल समेत कमलानदीको ४० किलोमीटर हाराहारीको लम्वाईमा पाँचवटा पक्की पुल भएको छ । यसअघि महेन्द्र राजमार्गको कमला पुल र बीपी राजमार्गको माइस्थानमा कमलानदीमा पक्कि पुल रहेका थिए ।