बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

बिपदमा सिन्धुलीका जनप्रतिनिधिको साथ

सोमवार , श्रावण २९, २०८०

सिन्धुली – केहि दिन देखि परेको अविरल वर्षाले सिन्धुलीको विभिन्न स्थानमा क्षति गरेको छ । वर्षाको कारण जिल्लाको भित्री सडक अवरुद्ध भएका छन् भने दजनौँ घर पहिरोको जोखिममा छन् । जिल्ला हुदै बग्ने कमला नदि, सुनकोशी, खहरे, मरिण खोलामा पानीको वाहब बढेको छ । खोला नथा नदिले खेती योग्य जमिन कटान गरेका छन् । खोला तथा नदि नजिकको बस्ती समेत जोखिममा छन् ।

सिन्धुलीका स्थानिय तहका जनप्रतिनिधि विपद्पछिको उद्धार तथा पुनःस्थापनमा जुटेका छन् । जिल्लाको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) घटनास्थलमा पुगेर गाउँपालिका क्षेत्रमा भएका विपदको घट्नापछिको उद्धारको काम गरिरहनुभएको छ । मरिण गाउँपालिका वडा नम्बर ६ सालुभञ्झङका पहिरोको जोखिममा रहेका दुइ घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा स्तान्तरण गरिसकेको छ । “पहिरोको जोखिममा रहेको वडा नम्बर ६ मा दुई वटा घरलाई सुरक्षित स्थानमा स्तान्तरण गरेका छौँ । सो ठाउँबाट पाँच मिटर पर सुरक्षित स्थानमा त्रिपाल लगाएर राखेका छौँ ,” उहाँले भन्नुभयो ।

गाउँपालिका अन्र्तगतका अवरुद्ध सडक समेत सुचारु गर्ने काम भइरहेको अध्यक्ष मोक्तानले बताउनुभयो । गत साउन २२ गते वडा नम्बर २ बाँकामा लेदो सहितको पहिरोले स्थानीय दल बहादुर पिठाकोटे, शेर बहादुर अस्थानी लगायत तीन जनाको घरमा पहिरोले क्षति पुर्‍याएको थियो । पहिलोले घरमा क्षति गरेपछि अध्यक्ष मोक्तान, उपाध्यक्ष बिमला माझी जेसिभी लिएर घटनास्थलमा पुग्नुभएको थियो । “पहिरोले घर क्षती भयो भन्ने खबर पाएपछि उद्धारका लागि म आफैँ घटनास्थलमा पुगेको थिए । पहिरो धेरै खसेकाले तत्काल गाउँपालिकाले जेसिभी ल्याएर पहिरो पन्छाउन सफल भयौँ, धेरै क्षती हुन पाएन ,” उहाँले भन्नुभयो ।

अध्यक्ष मोक्तान गाउँपालिका भित्र विपदजन्य घट्नाको जानकारी पाएपछि स्वयम आफै घट्ना स्थलमा पुगेर उद्धारको काम गरिरहनु भएकोे छ । विपद जोखिम न्यूनिकरणका लागि विपद व्यवस्थापनको बैठक बसी पुर्वतयारीमा रहेको उहाँले बताउनुभयो । “हामीले तारजाली वितरण गरिरहेका छौँ भने मौजातमा पनि राखेका छौँ । विपदका सामाग्री पनि तयारी अवस्थामा छ ,” उहाँले भन्न्नुभयो ।

यस्तै कमलामाई नगरपालिकामा मेयर उपेन्द्र कुमार पोखरेल पनि विपदजन्य घट्ना न्यूनिकरणका लागि विभिन्न योजना बनाएको बताउनुहुन्छ । उहाँले पहिरो तथा खोलाका जोखिममा रहेका ठाउँको पहिचान गरेर सुरक्षित स्थानमा स्थान्तरण गरिने बताउनुभयो । नगरपालिका भित्रका सबै पहिरो प्रभावितहरुको समस्या समाधानको लागि आवश्यक योजना बनाएको र नगरपालिकाले बिपत्तका प्रभावित सबै नागरिकलाई आबश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । पहिरो प्रभावितको लागि तत्काल राहत उपलब्ध गराउने संगै दिर्घकालिन व्यवस्थापनको लागि नगरपालिकाले योजना बनाएको नगरपालिका प्रमुख पोखरेलको भनाई छ ।

प्रतिक्रिया