सिन्धुली – चालक टिकाजंग थापालाइ आइतवार बिहान सिन्धुलीबाट काठमाडौं क्यू भर्ने कि स्थगीत गर्ने भन्ने दोधार भयो । उहाँ रनभुल्लमा पर्नुभयो । यात्रु पनि पुरै सिट भरिने गरि थिएनन् । तर जाने यात्रुले लगातार मोवाइलमा घण्टीबजाएपछि चालक थापा गाडिको स्टेरिङ घुमाउन बाध्य हुनुभयो । उहाँलाइ यात्रा स्थगीत गर्न मन लागेको कुनै सन्चो बिग्रीएर भने होइन् । कारण थियो झमझम परेको दर्कने झरी । पानी पर्दा होस या बाढी चल्दा कुनै पर्वाह नगरी यातायात संचालनमा ल्याउने चालकहरु यतिखेर बीपी राजमार्गको दयनिय अवस्था र घण्टौं जाममा पर्दा हुने सास्तीले हैरान बन्ने गरेका छन् ।
के गर्नु पेशा धान्नै पर्यो नत्र बीपी राजमार्गमा पानी परेपछि हुने हैरानीको बयान गरेर साध्ये छैन् चालक थापाले भन्नुभयो, “कतै लेदो सहितको पहिरो खसेको छ, कतै पुल नबनेर बाढी आएको खोलामा जोखिम मोलेर गाडि हेल्नु परेको छ ।” थापा मात्रै हैन अर्का चालक प्रविण मगरको दुखेसो पनि उस्तै छ । पहिला सनन यातायात संचालन हुने राजमार्ग मर्मत संभारको अभावमा जीर्ण वन्दै गएपछि चालकदल तथा यात्रुहरुले हैरानी खेप्नु परेको चालक मगरले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “यो हैरानी कहिले सम्म हो । हि उँद भरि निकायहरु कानमा तेल हालेर बस्ने अनि बर्खामा पाइने दुःखमा मल्हम लगाउन खोज्ने गर्नाले सबै बिग्रीएको हो ।”
चालक मात्र होइन, यात्रुहरुको गुनासो पनि उत्तिकै छ । दिन भर जाममा पर्दा हुने हैरानी र थर्कमान भएर गर्नु परेको यात्राले शारिरिक तथा मानसिक तनाव हुने गरेको छ । काठमाडौँबाट सिन्धुली आएका यात्रु नेत्रहरी थापाले सडकको बिजोक देख्दा यात्रा गर्न नै झन्झटिलो र जोखिम बढेको बताउनुभयो । लगातारको वर्षापछि दर्जनौस्थानमा पहिरो खस्नुका साथै खहरेमा आएको बाढीले बीपी राजमार्ग आइतवार दिनभर बन्द हुने र खुल्ने भैरहेको छ । बीपी राजमार्गको नेपालथोक धुलीखेल खण्ड अन्तर्गत दुम्जाको घ्याम्पे खोलामा आएको बाढीका कारण यातायात वन्द हुने र खुल्ने भैरहेको हो । मेशिन लगाएर सफा गरेपछि घ्याम्पे खोलामा दिउसोबाट एकतर्फी यातायात संचालनमा आएको प्रहरीले जनाएको छ । काभ्रेको मंगलटारमा लेदो सहितको पहिरो खसिरहेको छ । धेरै ठुलो लेदो सहितको पहिरो नझरेकाले यातायात अवरुद्धै नभएपनि एकतर्फी भएको छ । गोलन्जोर गाउँपालिकाको खनियाखर्क क्षेत्रमा लेदो सहितको पहिरो सफा गरिएकोले एकतर्फी यातायात संचालनमा आएको प्रहरीले जनाएको छ । काभ्रेको कालढुंगामा खहरेले पुल बगाएपछि अहिले खोलाबाट नै यातायात संचालनमा छ ।

चालक थापाका अनुसार कालढुंगामा खोला बढ्दा रोकिने र घटेपछि खुल्ने भैरहेको छ । वर्खाले सबैभन्दा बढि क्षती नेपालथोक धुलिखेल खण्डमा भएको उहाले बताउनुभयो । २० ठाउँ भन्दा बढि खोल्साबाट लेदो सहितको पहिरो झरिरहेकाले जुनसुकै बेला यातायात अवरुद्ध हुनसक्ने चालक थापाको भनाइ छ । यस्तो मौसममा पहिरो सफा गर्ने मेशिन ठाउँ ठाउँमा राख्नुपर्ने उहाको सुझाव छ । नेपालथोक प्रहरी चौकीका अनुसार मर्मत गर्नुपर्ने अवस्थामा रहेको एउटा मात्र स्काभेटर भएकाले एकैपटक दुइतीनस्थानमा पहिरो खस्दा सफा गर्न समस्या पर्ने भएकाले यातायात लामो समय अवरुद्ध हुने गरेको छ । घ्याम्पे खोला, कालढुंगा र माम्तीखोलामा निर्माणाधिन पुल समयमा नसकिएकाले यातायात तथा यात्रीले सास्ती पाउने गरेका छन् । बीपीकै गोलन्जोर गाउ“पालिकाको खनियाखर्कमा समेत लेदो बगेर यातायात अवरुद्ध हुने र खुल्ने भैरहेको प्रहरीले जनाएको छ ।
वर्दिवास–सिन्धुलीखण्डको भिमान क्षेत्रमा चुरेबाट निस्किने खहरेका कारण बीपी राजमार्ग ठुलो पानीपर्नासाथ अवरुद्ध हुने गरेको छ । भिमानका हरिश्चन्द्र पौडेलका अनुसार चुरेबाट निस्किने खहरेले हि उँद महिनामा सडकमा राखिएका ह्यूम पाइप बगाएपछि दिनहु“जसो सडक अवरुद्ध हुने गरेको छ । भिमान क्षेत्रमा मात्र आधा दर्जन बढि खहरेहरु रहेका छन् ।
सकभर यातायात अवरोध नहोस भनेर सबै प्रहरी यूनिटलाइ परिचालन गरिएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । मदनभण्डारी राजमार्गको मरिण, हरिहरपुरगढी क्षेत्रका ठाउँ ठा उँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सिन्धुलीमाडीदेखि हरिहरपुरगढीको वाग्मती पुलसम्म पुरै क्षेत्र क्लिएर भएपछि यातायात संचालनमा आउने एसपी सिलवालले बताउनुभयो । मध्येपहाडी राजमार्गको सोखुखोलामा बाढी आएकाले यतिखेर यातायात अवरुद्ध भएको फिक्कल गाउ“पालिका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । त्य हाँ पनि बाढी आउँदा रोकिने र घटेपछि खुल्ने भइरहेको छ ।