बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा लागु औषध सहित दुईजना नियन्त्रणमा

शनिवार , श्रावण २७, २०८०

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वीपी राजमार्गबाट लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय भिमानले चेकजाँचको क्रममा काठमाण्डौबाट रौतहट तर्फ जाँदै गरेको रौतहट राजदेवी नगरपालिका वडा नं. ७ बस्ने २२ बर्षिय बिकाश प्रसाद यादवले चलाएको भारतिय बोलेरो गाडी चेकजाँच गर्ने क्रममा १ सय ३३ केजी गाँजा सहित सोही गाडीमा सवार रौतहट गौर नगरपालिका वडा नं. ५ का २४ बर्षिय अभय कुमार गुप्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बिपी राजमार्गबाट प्रहरीले दैनिक जसो लागुऔषध सहित सवारीसाधनलाई नियन्त्रणमा लिने गरेको छ । बिपी राजमार्गको प्रयोग गर्दै नेपाली तथा भारतीय सवारी साधनले लागुऔषधको ओसार पसार गरिरहेका छन ।

प्रतिक्रिया