सिन्धुली– बीपी राजमार्ग सिन्धुली–बर्दिबास खण्ड अन्र्तगत कमलामाई नगरपालिका–९ पन्नेसीको खहरेमा आएको बाढिका कारण राजमार्ग अबरुद्ध भएको छ ।
शुक्रबार परेको अबिरल बर्षाका कारण खहरेमा आएको बाढिले ह्युम पाईप बगाएपछि वीपी राजमार्ग हुँदै आवत जावत गर्ने संयौं सवारी साधनहरु अलपत्र परेका छन ।
पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै पुल निर्माण गर्न नसक्दा उक्त खहरेमा आएको बाढिका कारण यात्रीहरुले हैरानी ब्यहोर्नु परेको स्थानीय कैलास ढुंगेलले बताउनुभयो ।

