बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सांसद सुनिल शर्मा पक्राउ

बिहिवार , श्रावण २५, २०८०

काठमाडौं २५ साउन, - विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। उनलाई गोल्फुटारस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले भने सांसद शर्मा पक्राउ परेकोबारे केही बताएको छैन।

नेपालको संविधानमा कुनै सांसदलाई पक्राउ गरिएपछि त्यसको जानकारी तत्काल सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई दिनुपर्ने व्यवस्था गरेको छ। तर, सभामुख देवराज घिमिरेको सचिवालयले भने सांसद शर्मा पक्राउबारे सभामुखलाई जानकारी नभएको बताएको छ।मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन ।

विस्तृत केहीबेरमा

प्रतिक्रिया