बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

छुट्टा छुटै सवारी दुर्घटनामा सिन्धुलीमा तीन घाईते

बुधवार , श्रावण २४, २०८०

सिन्धुली– मंगलबार भएको छुट्टा छुटै सवारी दुर्घटनामा तीन जना घाईते भएको प्रहरीले जनाएको छ । मदनभण्डारी राजमार्ग स्थित डकाहाबाट भिमान तर्फ आउदै गरेको प्र.२–०१–००२ प ०२०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत डिभाईडरमा ठोक्किंदा चालक कमलामाई नगरपालिका –१३ का २९ बर्षिय सबिन बोहोरा र सोहि मोटरसाइकलमा सबार कमलामाई नगरपालिका–१४ का २६ बर्षिय आयुष बुढाथोकी घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते दुबैलाई भिमानमा सामान्य उपचार पछि थप उपचारका लागी काठमाडौं लगिएको जनाईएको छ ।

त्यस्तै मंगलबार नै बीपी राजमार्ग स्थित बर्दिबासबाट सिन्धुली तर्फ आउदै गरेको को.२.त ७२५० नम्बरको ट्याक्टरमा लोड भएको रेलिङले पैदल यात्री कमलामाई नगरपालिका–७ का १८ बर्षिय दावा दोर्जे लामालाई ठक्कर दिंदा घांईते भएको र उनलाई सिन्धुली जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन ।

 

प्रतिक्रिया