बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

बिपी राजमार्ग एकतर्फि रुपमा सञ्चालन

मंगलवार , श्रावण २३, २०८०

सिन्धुली– सोमबार रातिदेखि अवरूद्ध वीपी रागमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । काभ्रेको रोशी गाउँपालिका– ११ भ्याकुरे खोलामा अबरुद्ध भएको सडक लगातार ६/७ घण्टाको निरन्तर प्रयासपछि वीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

सडक अबरुद्ध हुँदा संयौ सवारी साधनहरु रोकिएर बसेका थिए । खोलामा पानीको बहाब घटेपछि अहिले एकतर्फि रुपमा सवारी साधन कटाउन सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया