बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा अबैद्य माछा नियन्त्रणमा लिई नष्ट

मंगलवार , श्रावण २३, २०८०

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलबार अबैद्य माछा नियन्त्रणमा लिएर नष्ट गरेको छ । वीपी राजमार्ग स्थित कमलामाई–६ को ट्राफिक प्रहरी चेकपोष्टमा चेकजाँचको क्रममा भारत देखी सर्लाही हुँदै काठमाडौं तर्फ लादै गरेको अबैद्य माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

चेकजाँचको क्रममा भारतीय नम्बरको बसबाट ५ कार्टुन अबैद्य माछा नियन्त्रणमा लिईएको र उक्त माछा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिनुभयो

प्रतिक्रिया