सिन्धुली– आईतबार प्रहरी समक्ष आत्मसपर्मण गरेका वडा अध्यक्ष दौलत बिक्रम कार्कीलाई सोमबार जिल्ला अदालत सिन्धुलीले धरौटी तारिखमा पुर्पक्षको लागी रिहा गरिदिएको छ ।
जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्र प्रसाद गौतमको इजलासले आरोपित वडाध्यक्ष कार्कीलाई थुनछेक आदेशमा धरौटी तारिकमा छुट गरिदिएको हो ।
प्रतिबादिको तर्फबाट अधिबक्ता कानुन व्यावसायी प्रेमचन्द्र दाहालले गर्नुभएको बहसमा आरोपित कार्कीलाई २५ हजार धरौटी सहित तारिकमा छोडिएको कानुन ब्यबसायी दाहालले बताउनुभयो ।
वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गत असार १४ गते गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराउनु भएको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले असार १५ गते कार्कीलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
फरार रहेको वडा अध्यक्ष कार्कीले पक्राउ पुर्जी जारी भएको ३६ दिन पछि प्रहरीमा पुगेर आत्मसमर्पण गर्नु भएको थियो ।