सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिका–१ मा रहेको कमला माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन ।
विद्यालयमा चार महिना देखी शिक्षक भर्ना हुन नसकेको भन्दै तत्काल शिक्षक भर्ना गरि पठन–पाठनलाई सहज बनाउन माग गर्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन ।
अंग्रेजी लगायत चार बिषयको शिक्षकहरु खालि हुँदा पनि बिद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति र गाउँपालिकाकाले चासो नदेखाएको र शिक्षक नियुक्ति प्रक्रिया अगाडि नबढाएको कारण विद्यालयमा तालाबन्दी गरेर दबाव सिर्जना गरिएको विद्यार्थीहरुले बताएका छन ।
विद्यालयको ब्यवस्थापन समितिले पूर्णता पाउन नसक्दा विद्यालयमा शिक्षक नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेको तिनपाटन गाउँपालिका शिक्षा शाखा प्रमुख युबराज काफ्लेले बताउनुभयो ।
उक्त विद्यालयमा राजनैतिक बिवादका कारण लामो समय देखी विद्यालय ब्यवस्थापन समिति गठन हुन सकेको छैन । जस्का कारण प्रावि र निमावि राहत शिक्षक भर्ना प्रक्रिया अगाडि बढ्न सकेको छैन । शिक्षक भर्ना नहुँदा विद्यार्थीहरुको पठन पाठनमा समस्या भएको छ ।