सिन्धुली– आदिवासी जनजातीहरुले सिन्धुलीमाढीमा आज बिरोध प्रदर्शनको गरेका छन । अधिवक्ता भगवती पाण्डे (शितल)ले साउन ७ गते एक टेलिभिजनमा दिएको विवादास्पद अभिव्यक्ति विरुद्ध सिन्धुलीमाढीमा बिरोध प्रदर्शन गरिएको हो ।
तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी अभिव्यक्ति दिने अधिवक्ता पाण्डे र शान्तिपुर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गरी नियन्त्रणमा लिएर चरम यातना दिने प्रहरीलाई कारबाहीको माग गदैँ सिन्धुलीका आदिवासी जनतातीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ, धर्ना तथा ज्ञापनपत्र बुझाएका हुन ।
अधिवक्ता पाण्डेले दिएको विवादास्पद अभिव्यक्ति विरुद्धमा सिन्धुलीका ९ वटै पालिकाका तामाङ,मगर तथा मुस्लिम समुदाय प्रदर्शनको लागि सिन्धुलीमाढीमा भेला भएका थिए ।
बिरोध प्रदर्शन नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति सिन्धुली, नेपाल मगर संघ जिल्ला कार्यसमिति सिन्धुली, नेपाल आदिवासी जिल्ला समन्वय समिति सिन्धुली र नेपाल मुस्लिम संघ सिन्धुलीले आयोजना गरेको हो ।