सिन्धुली – सिन्धुलीमा सुमो र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको घाईते भएका छन ।
जिल्लाको सुनकोशी गाँउपालिका– ७ विपी राजमार्ग अन्तर्गत कानढुंग्रीमा काठमाडौँ बाट मन्थली जाँदै गरेको ना १ ज ४५५२ नं को सुमो र बिपरीत दिशाबाट जादै गरेको प्र.२.०२–००२ प १५७२ नं. को मोटरसाइकल आइतवार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा जिल्ला धनुषाधाम नगरपालिकापा–११ बस्ने बर्ष अन्दाजी २८ वर्षको बिष्णु साह र मोटरसाइकलमा पछाडीबसि सवार सोही ठाउ बस्ने अन्दाजी ३१ वर्षको चन्द्र भुषण साह घाईते भएको प्रहरीले जनाएको छ ।
घटनामा परी गम्भीर घाइतेहरुलाई उपचारर्थ काठमाडौँ पठाईएकोमा नर्भिक अस्पतालमा उपचार भइरहेको जनाईएको छ । प्रहरीले सुमो र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।