सिन्धुली–आईतबार प्रहरी समक्ष आत्मसपर्मण गरेका वडा अध्यक्ष दौलत बिक्रम कार्कीलाई थप अनुसन्धानका लागी अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।
वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गत असार १४ गते गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराउनु भएको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले असार १५ गते कार्कीलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
फरार रहेको वडा अध्यक्ष कार्कीले पक्राउ पुर्जी जारी भएको ३६ दिन पछि प्रहरीमा पुगेर आत्मसमर्पण गरेका हुन । अबको ५ दिन उनी प्रहरी हिरासतमा रहने छन ।