बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

कृषि बिकासका लागी सुझाब संकलन गर्दै सिन्धुली एमाले

आइतवार , श्रावण २१, २०८०

सिन्धुली– नेकपा(एमाले) सिन्धुलीले जिल्लामा कृषि र पशु बिकासका चुनौती र संभावनाका बारेमा कार्ययोजना निर्माणका लागि जिल्ला स्थित कृषि र पशु बिज्ञ , प्राबिधिक र किसानहरुसँग सल्लाह सुझाव संकलनका लागी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेकपा(एमाले) जिल्ला अध्यक्ष कुमार बहादुर कार्कीको अध्यक्षता एबं प्रदेश कमिटी सदस्य खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रम आयोजना गरि बिज्ञ तथा कृषकहरुको सुझाब संकलन गरेको हो ।

अन्तरिक्रिया कार्यक्रममा किसानले गरेको उत्पादनमा किसान ठगिएको अबस्था रहेको, मुल्य श्रृखलामा बजारमा लग्दा कृषि उत्पादनलाई कच्चा पदार्थ मानी उद्योग स्थापना गरेर उत्पादित बस्तु बजार लानु पर्ने तर त्यसो नगरेका कारण उत्पादन गरेका फलफूल तरकारी , दूध खेर जाने अबस्था रहेकोले स्थानीय उत्पादनलाई बजारिकरण गर्न ध्यान दिनुपर्ने बिज्ञहरुले सुझाब दिएका छन ।

उत्पादनका आधारमा अनुदान , कृषि र पशु बिमामा राज्यको लगानी हुन नसकेको, बजारमा व्यावसायीक किशान बाहेक बिचौलियाले तरकारी बजार फलफूल बजार पशु बजार कब्जा गरेको कारण समस्या भएको लगायतका सुझाबहरु दिएको नेकपा(एमाले) जिल्ला सदस्य दिपेश बरालले जानकारी दिनुभयो ।

प्राप्त सुझाबको आधारमा नेकपा(एमाले) सिन्धुलीले कार्ययोजना निर्माण गरी स्थानीय पार्टी कमिटी तथा जनप्रतिनिधीहरुलाई सोहि अनुसार काम गर्न निर्देशन गर्ने जनाइएको छ ।

जिल्लाका कृषकहरुले बिउ, मल तथा उत्पादित बस्तुको बजारीकरण, उचित मुल्य लगायतका समस्या भोगीरहेको अवस्था रहेको र त्यसलाई ब्यस्थित ढंगले समाधानको प्रयासका लागी कार्ययोजना निर्माण गरि जान लागिएको नेकपा(एमाले) अध्यक्ष कुमार बहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया