सिन्धुली– गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथि कुटपिट मुद्धामा फरार रहेका गोलन्जोर गाउँपालिका–२ का वडा अध्यक्ष दौलत कार्कीले आईतबार प्रहरी समक्ष आत्मसपर्मण गरेका छन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुली पक्राउ पुर्जि जारी गरेको झण्डै डेढ महिनापछि कार्की आफैँ जिल्ला प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गर्नुभएको हो । वडा अध्यक्ष कार्कीलाई थप अनुसन्धानका लागी म्याद थप गर्न अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गत असार १४ गते प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराउनु भएको थियो । प्रहरीले सो मुद्धा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि प्रशासनले असार १५ गते पक्राउ पूर्जी जारी गरेको थियो ।
मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार १ वर्षसम्म कैद, १० हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।