बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा दुर्घटनामा परि मोटरसाईकल चालक गम्भीर घाईते

आइतवार , श्रावण २१, २०८०

सिन्धुली– मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको दुधौली नगरपालिका वडा नं.–९ कट्टी लखनपुरमा सनिबार भएको मोटरसाईकल दुर्घटनामा चालक गम्भीर घाईते भएका छन ।

दुधौली नगरपालिका वडा नं. –९ का २७ बर्षिय अशोक अधिकारी दनुवारले चलाएको बा.३५.प १३४३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उनी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाईते भएका अधिकारीको प्राथामिक स्वाथ्य केन्द्र सिर्थौलीमा सामान्य उपचार पछि थप उपचारका लागी धुलिखेल अस्पताल पठाइएको र दुर्घटनाबाट मोटरसाईकल पूर्ण रुपमा क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया