बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

लागु औषधसहित सिन्धुलीमा चारजना पक्राउ

आइतवार , श्रावण २१, २०८०

सिन्धुली –सिन्धुलीमा चारजना लागुऔषध सहित शनिवार पक्राउ परेको छ । पक्राउ पर्नेमा सिराहा जिल्ला कर्जन्हा नगर पालिका वडा नं. १ बस्ने बर्ष–२७ को गणेश ठाकुर, दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं. ५ बस्ने बर्ष २१ को इश्वर गजुरेल , धनुषा जिल्ला जनकपुर उप माहानगरपालिका वडा नं. ४ बस्ने बर्ष २७ को आनन्द मुखियार धनुषा जिल्ला पिप्रा नगरपालिका वडा नं. ४ जनकपुर बस्ने बर्ष २० को ललित मण्डल रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

गणेश ठाकुरले चलाई ल्याएको प्रदेस न.२–००७ प १४५ न. को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालकको साथबाट EXIPLON–100 ML को २ बोतल फेला परेको र सोहि समय र स्थानमा महोत्तरीबाट सिन्धुलीतर्फ आउदै गरेको इश्वर गजुरेलले चलाई ल्याएको बा ६७ प ६३४१ न.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा चालकको साथमाNITRVET–10 ! १ पत्ता (जस्मा २ पिस प्रयोग भएको) र मोटरसाईकला भित्र लुकाई छिपाई ल्याएको ३ पत्ता गरि जम्मा ४ पत्ता (५८ पिस) र जनकपुरदेखि सिन्धुलीतर्फ आउदै गरेको आनन्द मुखियाले चलाई ल्याएको म.प्र. ०२–००७ प ९६५ न.को NITRVET–10 ! लेखिएको १ पत्तामा १० पिस फेला पारी र सोहि मो.सा.पछाडी सवार जिल्ला ललित मण्डललाई समेत उक्त लागु औषध सहित गरी ३ मोटरसाइकल ४ जना मानिसहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखी आवस्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया