बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा न्यायीक समितिमा मुद्धाको संख्या बढ्दै

शनिवार , श्रावण २०, २०८०

सिन्धुली – गत आर्थिक वर्ष २०७९/८० मा सिन्धुली जिल्ला नौ स्थानीय तहका न्यायीक समितिमा कुल ३ सय ४० वटा मुद्धा दर्ता भएका छन ।

तथ्यांक अनुसार सबैभन्दा बढी सुनकोशी गाउँपालिकाको न्यायीक समितिमा मुद्धा दर्ता भएको छ । सुनकोशीमा १ सय १० वटा मुद्धा दर्ता भएको छ भने दर्ता मध्ये ६२ मुद्धा निरुपण गरिएको छ । त्यस्तै दुधौली नगरपालिकामा ६६ दर्ता र ३५ फछ्यौट, कमलामाई नगरपालिकामा ५४ दर्ता र ३८ फछ्यौट, मरिण गाउँपालिकामा ३४ दर्ता र २० फछ्यौट गरिएको जनाइएको छ ।

यसैगरी फिक्कल गाउँपालिकामा कुल २८ मुद्धा दर्ता भएको र ति मध्ये १८ मुद्धा फछ्यौट गरिएको जनाइएको छ । त्यस्तै तिनपाटन गाउँपालिका १८ दर्ता र ७ फछ्यौट, हरिरहरपुरगढी गाउँपालिकामा २४ दर्ता र १७ फछ्यौट र घ्याङलेख गाउँपालिका ६ ओटा मुद्धा दर्ता भएकोमा सबै फछ्यौट भएको जनाइएको छ ।

न्यायीक समितिमा जग्गा खिचोला, सम्बन्ध बिच्छेद, गाली बेइज्जती, सिमाना मिचि निमार्ण कार्य गरेको, सार्वजनिक बाटो विवाद, बाली नष्ट गरेको, कुलो बन्द गरेको, ज्याला मजदुरी नदिएको, घर भाडा दिलाई पाउँ भन्ने लगायत अन्य विवादको मुद्धा दर्ता हुने गरेको कमलामाई नगरपालिकाका कानुन अधिकृत टंकबिक्रम थापाले बताउनुभयो ।

प्रतिक्रिया