सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका प्रहरी इकाईहरु दैनीक जसो भीआइपी सुरक्षामा खट्दै हैरान हुने गरेका छन ।
राजधानी काठमाडौँबाट पुर्व नेपाल तथा तराईका जिल्लासँग जोड्ने वैकल्पीक राजमार्गको रुपमा स्थापित वीपी राजमार्गको प्रयोग गर्ने भीआइपीहरुको सख्यामा ब्यापक बृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली दैनीक जसो भीआइपी सुरक्षामा खट्दै हैरान भएको हो ।
सरकारको भीआइपी सुरक्षा निती अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश गृहमन्त्रीलाई सम्बन्धीत जिल्ला प्रहरी कार्यालयले स्कटींग गनुपर्ने व्यवस्था छ भने उनीहरु भन्दा बाहेकका भीआइपीहरुलाई स्कटीङ्ग गर्नैपर्ने बाध्यकारी व्यवस्था छैन । तर भीआइपी जिल्ला प्रवेश गरेपछि सुरक्षाको जिम्मा प्रहरीकै हुने भएकाले आफुहरुले सकेसम्म सुरक्षा प्रदान गर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले बताउनुभयो ।
भीआइपीहरु रातिको समयमा पनि यात्रा गर्ने भएकाले सुरक्षा चुनौती भने रहने गरेको उहाँको भनाई छ । वीपी राजमार्ग स्थित नेपालथोक, झागाँझोली रातमाटा, खुर्कोट, खनियाखर्क र भिमानमा प्रहरी रहेको छ । उक्त इप्रका तथा प्रहरी चौकीले भीआइपीहरुको सुरक्षा गर्ने काम गरिरहेकै छ । आवश्यक जनशक्ति र साधन श्रोतको अभावमा भीआइपीहरुलाई आवश्यक्ता अनुसार अझै सुरक्षा प्रदान गर्न असजिलो भएको प्रनाउ दाहालको भनाई छ ।