बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा लडेर एक जनाको मृत्यु

शनिवार , श्रावण २०, २०८०

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकामा शुक्रवार लडेर १ जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नम्बर ४ पोखरेल गाँउ बस्ने अन्दजी बर्ष ५५/६० को फौद बहादुर सार्की मृत्यु भएको हो ।

सोहीठाउको देउराली धारा भञ्ज्याङ स्थित खेतमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई घटनास्थलमा पुगी हेर्दा खेतको बाटो हिंडने क्रममा चिप्ली लडी ढुंगामा ठोक्किई मृत्यु भएको जस्तो देखिने,मृतकको टाउकोमा चोट रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अहिले लाशलाई पोष्ट मार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया