बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

निजामती कर्मचारी संगठन सिन्धुली पुरस्कृत

बुधवार , श्रावण १७, २०८०

सिन्धुली– नेपाल निजामती कर्मचारी संगठन सिन्धुली उत्कृष्ट जिल्ला कार्य समितिको रुपमा पुरस्कृत भएको छ । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८० को सन्दर्भमा संगठनलाई सम्मान र पुरस्कृत गरिएको हो ।

कर्मचारी संगठनल सागाठनिक कार्यमा देखाएको निरन्तरता, क्रियाशीलता, सागाठानिक कौशलता, सृजनशील क्रियाकलाप र राष्ट्रसेवक सहकारीको सुदृढीकरणमा खेलेको भूमिकाको उच्च कदर गर्दै बागमती प्रदेशबाट उत्कृष्ट जिल्ला समिति घोषणा र शहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस २०८० को सन्दर्भमा केन्द्रीय समितिबाट उत्तकृष्ट कार्य समिति रूपमा पुरस्कृत भएको जिल्ला कार्यसमिति अध्यक्ष पदम मगरले जानकारी दिनुभयो ।

दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठनले सेवा निवृत्त सात जना आफ्ना सङ्गठनका सदस्यहरूलाई सम्मानित गरेको थियो । जिल्ला हुलाक कार्यालय अन्तरगत रहेर लामो काम गरी सेवा निवृत्त हुनु भएका कर्मचारीहरूलाई संगठनले सम्मान गरेको हो । यस्तै दिवसको अवसरमा रक्तदान गरिएको छ । रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेको निजामती कर्मचारी संगठन सिन्धुलीका सचिव डिल्लीसौगात घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया