बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

पुर्व प्रधानमन्त्री भट्टराई सिन्धुलीमा

बुधवार , श्रावण १७, २०८०

सिन्धुली– जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मौलिक प्रयोगलाई राज्यले बिशेष अनुदान दिनुपर्ने सुझाब दिनु भएको छ ।

मंगलबार सिन्धुलीको कमलामाई नगरपालिका–९ काउछेमा रहेको प्राकृतिक तथा जडिबुटी सहकारीले गरिरहेको कृषि खेतीको अवलोकन गर्दै भट्टराईले उक्त कुरा उल्लेख गर्नुभएको हो ।

कृषि सहकारीको अवलोकन पछि डा. भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “सिन्धुलीको कमलामाई नपा–९ काउछेमा प्राकृतिक तथा जडिबुटी सहकारीद्वारा नयाँ प्राकृतिक ढाँचामा व्यवसायिक कृषि उत्पादन र वितरण गर्ने प्रणालीवारे गरिरहेको मौलिक प्रयोगको अवलोकन ! यस्तो मौलिक प्रयोगलाई राज्यले विशेष अनुदानबाट सहयोग गर्नुपर्ने सुझाव !”

आफ्नो छोरी मानुषी यामी सहित आउनुभएका पुर्व प्रधानमन्त्री भट्टराईले कृषि सहकारीको अवलोकन सँगै स्थानीयको घरमा अर्गानीक खाना समेत खानुभएको र शहीद दुर्गा सुवेदीको घरको समेत अवलोकन गर्दै स्थानीयहरुसँग छलफल गर्नुभएको जनता समाजवादीका जिल्ला नेता मोदनाथ तिमल्सीनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया