बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीका सरकारी कार्यालयमा स्तनपान कक्ष नहुँदा सेवाग्राही महिलालाई समस्या

बुधवार , श्रावण १७, २०८०

सिन्धुली – जिल्लामा रहेका विभिन्न् स्थानीय तह तथा सरकारी कार्यालयहरुमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना नहुँदा महिला सेवाग्राही तथा कर्मचारीहरुलाई समस्या भएको छ ।

कार्यालयमा आउने शिशु सहितका सेवाग्राही तथा महिला कर्मचारीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज हुने भए पनि सेवाग्राही घुँईचो हुने तथा अन्य कार्यालयमा स्तनपान कक्ष छैन । जिल्ला सदरमुकामका बढी घुईचो हुने मालपोत, अदालत, जिल्ला प्रहरी, पशुसेवा बिज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, जनस्वास्थ्य कार्यालय, कमलामाई नगरपालिका लगायतका दर्जन बढी कार्यालयहरुमा स्तनपान कक्ष रहेको छैन ।

जिल्लाका कुनै पनि सरकारी कार्यालयमा स्तपान तथा शिशु स्याहारका लागि व्यवस्था नरहे पनि महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखी जिल्ला प्रसाशनमा भने स्तनपान तथा शिशुस्याहार सञ्चालनमा रहेको छ ।

खुल्ला रुपमा महिलाहरु स्तनपान गराउन लजाउने, संस्कार संस्कृतीको आडमा छाडा भनेर कुराकाट्ने भएकाले सरकारी कार्यालयहरुमा स्तनपान कक्ष हुनु पर्ने देखीन्छ । तर पनि सिन्धुली जिल्ला प्रशासन कार्यालय भन्दा अन्य कुनै कार्यालयहरुमा स्तनपान कक्ष नहुँदा सेवाग्राही तथा महिला कर्मचारीहरु समस्यामा रहेका छन् ।

नेपालको संविधानको धारा ३८ (२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार र ३९ (२) ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारको हक प्रदान गरेको भए पनि सिन्धुलीका महिला र बालबालिकाले त्यसको सहज उपभोग गर्न पाएका छैनन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया