सिन्धुली– गत आर्थिक वर्ष २०७९/८० मा सिन्धुलीमा संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त रकम १५ अर्ब भन्दा बढी खर्च भएको छ भने १ अर्ब २१ करोड बढी रकम फ्रिज भएको छ ।
गत आर्थिक वर्षमा संघ तथा प्रदेश सरकारको चालु तथा पुँजीगत तर्फको कुल १६ अर्ब ३९ करोड ३२ लाख ९३ हजार ६ सय २० रकम मध्ये १५ अर्ब १७ करोड ६४ लाख ६६ हजार १ सय १८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले जनाएको छ ।
संघीय सरकार अनुदान तर्फको चालु र पुँजीगत गरी कुल १३ अर्ब २५ करोड ९ लाख ३८ हजार ३ सय ७६ रुपैयाँ मध्ये १२ अर्ब ८० करोड ८७ लाख १५ हजार ४ सय ९१ रुपैयाँ खर्च भएको छ भने बागमती प्रदेश सरकारबाट प्राप्त कुल अनुदान रकम ३ अर्ब १४ करोड २३ लाख ५५ हजार २ सय ४४ रुपैयाँ मध्ये २ अर्ब ३६ करोड ७७ लाख ५० हजार ६ सय २७ रुपैयाँ खर्च भएको छ ।
गत आर्थिक बर्षमा संघीय सरकार तर्फको ४४ करोड २२ लाख २२ हजार ८ सय ८५ रुपैयाँ र प्रदेश सरकार तर्फको ७७ करोड ४६ लाख ४ हजार ५ सय १७ रुपैयाँ गरी कुल १ अर्ब २१ करोड ६८ लाख २७ हजार ४ सय ४ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका प्रमुख कोष नियन्त्रक हिरालाल भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै गत आर्थिक वर्ष २०७९/८० मा सिन्धुलीको राजश्व असुलीको अवस्था अत्यन्तै कमजोर देखिएको छ । स्थानीय सरकारको राजश्वमा समेत कमी आएको छ भने संघ तथा प्रदेश सरकारको राजश्वमा समेत कमी आएको छ ।
गत आर्थिक वर्षमा प्रदेश तथा संघ तर्फ कुल १ अर्ब १४ करोड ९ लाख २५ हजार ७ सय ६० रुपैयाँ राजश्व संकलन भएको कोष तथा लेखा निन्त्रकको कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा राजश्व संकलनको लक्ष्य नभए पनि अस्वभाविक हिसाबले राजश्व घटेको जनाइएको छ ।
संघीय सरकार तर्फको विभिन्न् २५ शिर्षकमा संकलन हुने राजश्वमा कुल ९८ करोड ६८ लाख ७८ हजार ३ सय ८३ रुपैयाँ राजश्व संकलन भएको छ भने बागमती प्रदेश सरकार तर्फ विभिन्न् १५ शिर्षकमा संकलन हुने राजश्वमा १५ करोड ४० लाख ४७ हजार ३ सय ७८ रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यस्तै गत आर्थिक वर्ष २०७८/८९ को महालेखा परिक्षकको कार्यालयको ६० औं प्रतिवेदन अनुसार जिल्लामा ३९ करोड १८ लाख ४१ हजार रुपैयाँ बजेट बेरुजु देखिएको भएपनि गत आर्थिक वर्षमा ४ करोड ५८ लाख ३० हजार ८ सय ६१ रुपैयाँ मात्र बेरुजु संकलन भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय सिन्धुलीले जनाएको छ ।