सिन्धुली– वर्षेनी साढे दुई अर्बको हाराहारीमा बजेट पाउदै आएको राष्ट्रिय गौरवको सुनकोशी–मरिण वहुउदेश्यीय डाइभर्सन आयोजना निर्माणको उल्लेख्य प्रगती हुदा बजेट भने पर्याप्त छैन् । चालु आवमा झण्डै साँढे चार अर्व रकम बिनियोजन भएपनि बाँध लगाएतका काम थालनी हुने भएकाले पर्याप्त नहुने आयोजनाले जनाएको छ । २०८४ सालमा सक्ने गरि तीन वर्ष अघिबाट शुरु भएको आयोजनालाइ तत्कालिन प्रधानमन्त्री केपी ओलीले औपचारिक शिलान्याश गर्नु भएको थियो । यो आयोजनाका लागि आगामी आव ०७८/०७९ को बजेटमा २ अर्ब ४६ करोड रुपैंयाँ विनियोजन भएको थियो । गत आवमा पनि २ अर्ब ४६ करोड नै थियो । अपुग भएपछि थप एक अर्व बजेट बिनियोजन भयो । त्यो भन्दा अघिल्लो आव ०७६/०७७ मा आयोजनाका लागि दुईअर्ब पाँचकरोड बजेट बिनियोजित भइ मुआव्जा र सर्वेमा खर्च गरिएको थियो ।
हालसम्म ८ अर्व ८६ करोड रुपैंया खर्च भएको छ । चालु आवका लागि सरकारले चार अर्व ३९ करोड बजेट बिनियोजन गरेको छ । सुरुङको काममा भएको प्रगती र बाँध लगाएतका काम बर्खा लगत्तै शुरु हुने भएकाले बजेट पर्याप्त नहुने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवका आयोजनामा रकम अभाव नहुने विश्वास गरिएको आयोजना प्रमुख मित्र बरालले जनाउनु भयो । “प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष निगरानीमा काम हुने र प्रगती देखिने भएकाले रकम अभाव नुहनेमा ढुक्क छौं”, आयोजना प्रमुख बरालले भन्नुभयो, “काम अनुसारको रकम अभाव हुन नदिए यो गौरवको आयोजना तोकिएको मितिमा नै सम्पन्न हुन्छ ।”
आयोजनाका अनुसार बाँध निर्माण र सुरुङ निर्माणका लागि मात्र करिब २५ अर्व रकम चाहिन्छ । तर सोलोढोलोमा कम रकम छुट्याएपछि कामले गती लिन नसक्ने आयोजनाका कर्मचारीहरु बताउ“छन् । सुरुङको काम गरिरहेको चाइना ओभरसिज कोभेकले काम गरेको भुक्तानी माग दावी भएको ४५ दिन कटेमा पेनाल्टी हान्ने नियम छ । चालु आवका लागि सरकारले बिनियोजन गरेको रकम ४ अर्व ३९ करोड ५४ लाख रहेकोमा काम अनुसार ११ अर्व खर्च हुने देखिएको छ । आयोजनाको कामका रफ्तार अनुसारको अपुग बजेट माग गर्ने जनाइएको छ । प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि विद्युत गृह, सिंचाइ, सामाजिक लगाएतका काम भएको आयोजनाले जनाएको छ । सुनकोसी र तामाकोसीको संगमस्थल भन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोसीमा बाँध बाध्नका लागि ठेक्का संझौता भइ निर्माण व्यवसायीले काम शुरु गरेको छ । मुल्यवृद्धीसंगै ०८४ सालमा आयोजना सम्पन्न हु“दा कुल लागत बढेर ४९ अर्व ४२ करोड पुग्ने आंकलन गरिएको छ ।
आयोजनाको मुख्य उद्देश्य तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एकलाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने रहेको छ । सुनकोसीमा बाँध निर्माण लगाएतका कामको १७ अर्व ७५ करोडको ठेक्का रमण–पटेल जेभीले ३२ प्रतिशत घटेर १२ अर्वमा सकारेको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा ३० मिटर उचाई र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूमेस पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । त्यहा ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । उत्पादित विद्युत ३७ दशमलव दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नवलपुर सबस्टेशनमा जोडिने आयोजनाले जनाएको छ ।
आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसंगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउने रहेको छ ।