सिन्धुली – पछिल्लो समय सिन्धुलीका शैक्षिक संस्थाहरूले शिक्षामा समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सिकाइमा जोड दिएका छन् । सीपमूलक अध्ययनमा विद्यार्थीको आकर्षण बढेसँगै जिल्लाका शैक्षिक संस्थाले प्राविधिक शिक्षामा लगानी बढाएका छन् । मुख्यतः सीप सिकिसकेपछि रोजगारी पाउन वा उद्यम सुरु गर्न सहज हुने भएकाले प्राविधिक शिक्षामा जिल्लाका विद्यार्थीको क्रेज बढ्दो छ । विद्यार्थीको प्राविधिक शिक्षाप्रति आकर्षण बढेसँगै होटल म्यानेजमेन्ट, कृषि, भेटेरनरि, सिभिल इन्जिनियरिङ लगायत प्राविधिक शिक्षा पढाउन जिल्लाका शैक्षिक संस्थाबिच प्रतिस्पर्धानै चलेको छ । सिन्धुलीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिभिटि) देखि अन्तर्राष्ट्रिय युनिर्भसिटिको मान्यता लिएर प्राविधिक संकायतर्फ पढाई भइरहेको छ ।
जिल्लाका शैक्षिक संस्थाले प्राविधिक संकाय भित्राएसँगै देशभरका विद्यार्थीहरु प्राविधिक शिक्षा पढ्न सिन्धुली आउने गरेका छन् । यतिसम्मकि यहाँको गुणस्तरीय एवं प्रयोगात्मक शिक्षाप्रति आकर्षित हुँदै भारतबाट समेत अध्ययनकालागि विद्यार्थी सिन्धुली आएका छन् । झण्डै दुुई हजार किलोमिटरको यात्रा तय गरेर भारतको आन्द प्रदेश राज्यको चिथोरबाट सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टमा पढ्न १७ वर्षिया बि गायत्री सिन्धुली आइपुुग्नुुभएको छ । उहाँले कक्षा १२ सम्म भारतमै पढेर डिप्लोमा इन होटल म्यानेजमेन्ट पढ्काकालागि सिन्धुली कलेज रोज्नुुभएको हो । सिन्धुली कलेजमा सुविधासम्पन्न ल्याब, दक्ष एवं अनुुभवि शिक्षक र कलेजलेनै देश, विदेशका प्रतिष्ठित होटल तथा रेष्टुुरेन्टमा इन्टर्नशिपकालागि पठाउने हुँदा होटल म्यानेजमेन्ट पढ्न सिन्धुली कलेजमा मर्ना भएको गायत्रीले बताउनुभयो ।

कमलामाई नगरपालिका ६ मा रहेको सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले पहिलो पटक होटल म्यानेजमेन्ट संकाय सिन्धुलीमा भित्राएको हो । युवाको समूहले संचालन गरेको सिन्धुली कलेजमा बारा, सर्लाही, महोत्तरी, धनुुषा, सिराहा, रामेछाप, काठमाडौँ, काभ्रे लगायत देशभरका २० वटा जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट जिल्लाका उत्कृष्ठ विद्यार्थीको रोजाई बनेको कलेजका प्रबन्ध निर्देशक समिर ढकालले बताउनुुभयो । गत २०७८ को जिल्ला प्रथम वर्षा बम्जन यसै कलेजमा अध्ययन गरिरहेको ढकालले बताउनुुभयो । उहाँले भन्नुुभयो, “पढाइ सकिएपछि कुनै एक क्षेत्रमा मात्र सीमित हुनु नपर्ने होटेल म्यानेजमेन्टको विशेषता हो । रोजगारीका अवसर अझै धेरै बढेर जानेछन् । त्यसैले पनि विद्यार्थीहरु होटल म्यानेजमेन्टमा आकर्षित भएका हुन् ।”
झण्डै डेढ करोड लगानीमा युवाको समुहले संचालन गरेको सिन्धुली कलेजमा सुविधासम्पन्न प्रयोगात्मक ल्याब र एसिसहित मल्टिमिडिया कक्षा रहेको प्रबन्ध निर्देशक ढकालले बताउनुुभयो । सिन्धुलीमै पहिलो पटक होटल म्यानेजमेन्टको पढाई शुरु गरेको उक्त कलेजमा अध्ययन सम्पन्न गरेका विद्यार्थीले पाँच तारे मेरियट होटल, द सोल्टि, ह्यात रेजेन्सि, मेफेयर टि रिसोर्ट लगायत दर्जनौँ होटलमा उत्कृष्ठ कर्मचारीको पदक हासिल गरेको ढकालले बताउनुभयो । कलेजले उत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था समेत गरेको र आगामी शैक्षिक सत्रकालागि सिमित सिटमात्र बाँकी रहेको ढकालले जानकारी दिनुभयो ।