सिन्धुली – सिन्धुलीमा शुक्रवार भएका छुट्टाछुट्टै दुर्घटनामा तिन जना घाइते भएका छन् । बि.पि.राजगार्गमा रौतहटबाट काठमाडाँै तर्फ जादै गरेको चालक जिल्ला रौतहट कटहरिया न.पा.२ बस्ने बर्ष–२४ को श्याम किशोर झाले चलाएको ना३६प २२५२ नं.को मोटर साइकल सडक छेउमा रोकी पिसाब फेरी फर्कने क्रममा बिपरीत दिशा सिन्धुलीबाट भिमान तर्फ जादैै गरेको बा६२प १६६९ नं.को मोटर साइकले श्याम किशोर झा लाई ठक्कर दिदाँ घाईते भएका छन् ।
घाइते झालाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्याएको,टाउकोमा चोट र कानबाट रगत बगिरहेको अवस्था मध्यम रहेको र घाईतेलाई थप उपचारको लागी बर्दिबास तर्फ रिफर गरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटर साइकल चालक जिल्ला सिन्धुली तिनपाटन गा.पा.२ बस्ने बर्ष ३४ को जिवन नारायण श्रेष्ठलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय भिमानमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटनामापरी दुई जना घाइते भएको छन । खोरभन्ज्याङ्बाट कोक्टी तर्फ आउदै गरेको बा.प्र.०२–०१८ प ६८७३ नं.को मोटर साईकललाई सोही स्थानबाट आउदै गरेको प्र.२–०२–००४ प ८२५८ नं.को मोटरसाइकलले ठक्कर दिई दुर्घटना हुदाँ–६८७३ नं.को मोटरसाइकल चालक जिल्ला उदयपुर कटारी नगरपालिक–५ बस्ने वर्ष–४५ को राजु कटुवाल र ८२५८ नं.को मोटरसाइकल सिन्धुली गोलन्जोर गाउपालिका.१ बस्ने वर्ष २४ को शिवहरी थापा घाइते भएको भएको प्रहरीले जनाएको छ । घाईतेको दुधौली स्थित प्रयाग अधिकारी हेल्थ केयरमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।