बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुली जवरजस्ती करणी गर्ने दुई जना पक्राउ

बुधवार , श्रावण १०, २०८०

सिन्धुली – सिन्धुलीमा जवरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी गरी फरार रहेका कमलामाई नगरपालिका वडा नं. ४ सातपत्रेका २४ वर्षिय रमेश तामाङ र दुधौली नगरपालिका वडा नं. ५ सिर्थौलीका २३ वर्षिय अभिषेक कुमरलाई लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा साउन ७ गते निजकै घर छेउको बाटोमा हिडिरहेको अबस्थामा फेला पारि पक्राउ गरेको हो । तामाङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिनुभयो ।

यस्तै जवरजस्ती करणी गरी फरार भएका दुधौली नगरपालिका वडा नं. ५ सिर्थौलीका २३ वर्षिय अभिषेक कुमरलाई साउन ८ गते प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा दुधौली नगरपालिका वडा नं. ५ बाट कुमरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुमरलाई ईलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीमा ल्याई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिनुभयो ।

दाइलाई कुटेर फरार भएका भाइ पक्राउ

यसैबिच सिन्धुलीमा दाइलाई कुटेर फरार भएका भाइलाई प्रहरीले पक्राउ गरेको छ । मरिण गाउँपालिका वडा नं. ४ लामिदमारका श्यामध्वज काल्तान पक्राउ परेका हुन् ।

गत साउन ३ गते दाई रामध्वज काल्तान र भाई श्यामध्वज काल्तान बिच तामा राखेको बोराको बिषयमा झैझगडा भएको थियो । झै–झगडा हुदाँ भाई रामध्वज काल्तानले दाइ श्यामध्वज काल्तानलाई ढोकामा लगाएको आग्लोले टाउँको र काधमा प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए ।

ईलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीबाट खटिएको प्रहरी टोलीले गत साउन ६ गते मरिण गाँउपालिका वडा नं. ४ चुरे भन्ने स्थानबाट रामध्वज काल्तानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भाई काल्तानलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालतबाट कुटपिट अंगभंग मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया