बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीका सांसदलाई १५ हजार जरिवाना

मंगलवार , श्रावण ९, २०८०

सिन्धुली – निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा,प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु १५ हजारसम्मको जरिवनासहित कारबाही गर्ने निर्णय गरेको छ ।

आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम सिन्धुलीका प्रतिनिधिसभातर्फ ५ जना र प्रदेशसभातर्फ ३ जना उम्मेदवारलार्ई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्ने निर्णय गरेको हो ।

आयोगले मंगलवार एक सूचना जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई १५ हजारका दरले जरिवाना तोकेको हो । यससँगै खर्च विवरण नबुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नामालीमा सिन्धुलीमा निर्वाचन खर्च विवरण नबुझाउनेमा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारहरु कृष्णहरी पौडेल,रामहरी बुढाथोकी,डम्वर बहादुर वि.क ,जनता समाजवादी नेपालका योग्यबहादुर मुडुलाकार्की र तामसालिङ लोतान्त्रिक पार्टीका डिल्लीकुमार गोले रहेका छन् ।

यसैगरी प्रदेशतर्फ नेपाली काँग्रेसबाट बिजयी प्रदेश सांसद छेत्रबहादुर बम्जन,राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश मगर र नेस्नलिष्ट पिपल्स पार्टीका मनिमान निजानन्द रहेको निर्वाचन आयोग द्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया