बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

मंगलवार , श्रावण ९, २०८०

सिन्धुली — जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मंगलबारबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । तीन वर्षअघिदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन सुरु भएको थियो ।

२०७७ सालमा राष्ट्रिय परिचयपत्र वितरणका लागि आवेदन परी परिचयपत्र बनेर आएकोमध्ये गोलन्जोर गाउँपालिका–५ का नवराज थापा र कमलामाई नगरपालिका–६ का नेत्रविक्रम थापालाई मंगलबार सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले परिचयपत्र प्रदान गर्नु भएको हो ।

राष्ट्रिय परिचयपत्र वितरण शाखाकी प्रमुख मिथिला विष्टका अनुसार तीन वर्षअघि दुई हजार ६० पुरुष र एक हजार ८४६ महिला गरेर तीन हजार ९ सय ६ जनाले जिल्ला प्रशासन कार्यालयमार्फत विवरण भरेर आवेदन दिएका थिए ।

हाल प्राप्त एक हजार १ सय ८१ परिचयपत्र वितरण थालनी भएको हो । यो तीन वर्षको अवधिमा ३४ हजार ५ सय ५६ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन भरेका छन् ।

प्रतिक्रिया