सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक आर्थिक वर्षको अवधीमा करिव साढे ७ करोड राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न शिर्षकमा ७ करोड २९ लाख ७ हजार ६ सय २० रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै राहदानी सेवा प्रवाहबाट राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै ६ करोड ९५ लाख ९४ हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार एक वर्षको अवधीमा कार्यालयबाट १२ हजार ४ सय ८७ राहदानी सिफारिस सेवा भएको छ भने, ११ हजार १ सय ९० राहदानी वितरण भएको छ । यस्तै, १२ द्रुत राहदानी सिफारिस भएको छ ।
राहदानी सेवाबाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक प्रशासनीक दस्तुरबाट २ लाख ३५ हजार ५ सय ५०, प्रशासनिक दण्ड र जरिवानाबाट ४ लाख ६७ हजार ३ सय २० रुपैया राजश्व संकलन गरेको छ । परिक्षा सुल्क ३ हजार ६ सय राजश्व संकलन भएको प्रशासन कार्यालयले जनाएको छ ।
यसैबिच, ५७ लाख ६५ हजार ४ सय ९१ रुपैया बैदेशिक रोजगारीमा मृतक क्षतिपूर्ति वितरण गरिएको छ भने ८ लाख ६४ हजार द्धन्द्ध पिडित अपाङ्गता जिवन निर्वाह भत्ता वितरण गरेको प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।