सिन्धुली – राष्ट्रिय गौरवका आयोजनाहरुले खर्च गर्न नसकेर काम निराशाजन भइरहेको समयमा सुनकोशी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको प्रगती लक्ष भन्दा बढि भएको छ । गत आवमा भौतीक प्रगती लक्ष एकसय २० प्रतिशत र वित्तिय लक्ष ९९ दसमलव ७६ प्रतिशत रहेको आयोजनाले जनाएको छ । रकम अभावमा वित्तिय लक्षमा थोरै कमी भएको आयोजनाको दावी छ । आयोजनाको हालसम्मको प्रगती लक्ष भौतिक र वित्तिय १३ प्रतिशत रहेकोमा भौतीकतर्फ २१ दसमलव ४ प्रतिशत र वित्तियतर्फ १९ दसमलव २ प्रतिशत भएको थियो ।
सुनकोशी–मरिण वहुउदेश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार खन्न शुरु भएको ९ महिना १० दिन आइतबारसम्ममा ७५७१ मिटर ( ७.५७१ किमी) सुरुङ खन्ने काम भएको छ । यो ५६ दसमलव ८६ प्रतिशत हो । गत असोज महिनाको २८ गते सुरुङ खन्ने काम थालनी भएको थियो । १३ दशमलव तीन किलोमिटर लामो सुरुङ मध्ये हालसम्म ७ हजार ५ सय ७१ मिटर सुरुङ खन्नेकाम सकिएको आयोजनाले जनाएको छ । सुरुङ खन्नेकाम काम कमलामाइ नगरपालिका वडा नं २ को कुसुमटारबाट थालनी भइ चुरे क्षेत्र पार गरेर हाल माहाभारत क्षेत्रमा प्रवेश गरेको छ । यतिखेर वडा नं ३ को जलकन्या हायूगाउ शीरमा पुगेको छ । एकहजार ३२० मिटरको उचाइमा हाल खन्ने काम भइरहेको र जुन सबैभन्दा बढि उचाइ रहेको आयोजनाले जनाएको छ । चुरे क्षेत्र पार गरि सुरुङ खन्ने टीबीएम मेशिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेको आइतवार पत्रकार सम्मेलनगरी आयोजना प्रमुख बरालले जनाउनुभयो ।
आयोजनाको कुल लागत ४६ अर्व १९ करोड रहेकोमा सरकारबाट प्राप्त ८ अर्व ८६ करोड गत आव सम्ममा खर्च भएको छ । यो आयोजनाका लागि शुरुमा २ अर्व ८ करोड बिनियोजन भएकोमा अपुग भइ थप एक अर्व ९ करोड सरकारबाट प्राप्त भएको थियो । गत आवमा ५ अर्व ४१ करोड प्राप्त भइ खर्च भएको छ । चालु आवका लागि सरकारले बिनियोजन गरेको रकम ४ अर्व ३९ करोड ५४ लाख रहेकोमा काम अनुसार ११ अर्व खर्च हुने देखिएको छ । आयोजनाको कामका रफ्तार अनुसारको अपुग बजेट माग गर्ने जनाइएको छ । प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि विद्युत गृह, सिंचाइ, सामाजिक लगाएतका काम भएको आयोजनाले जनाएको छ । सुनकोशी र तामाकोशीको संगमस्थल भन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोशीमा बा“ध बाध्नका लागि ठेक्का संझौता भइ निर्माण व्यवसायीले काम शुरु गरेको छ । मुल्यवृद्धीसगै ०८४ सालमा आयोजना सम्पन्न हु“दो कुल लागत बढेर ४९ अर्व ४२ करोड पुग्ने आंकलन गरिएको छ ।
सुरुङ निर्माणमा हालसम्म एकाध बाहेक कुनै समस्या नआएको भन्दै आयोजना सिनिएर डिभिजन इन्जिनियर अशोकराज गौतमले चुरेको भुभागमा सकिएर महाभारत क्षेत्रतर्फ सुरुङ खन्न थालेको जानकारी दिनुभयो । कमलामाई नगरपालिका वडा नं २ को धनमना क्षेत्र पार गरेर महाभारत रेन्जमा प्रवेश गरेको उहाँको भनाइ छ । महाभारत क्षेत्रमा कटा चट्टान हुने भएकाले समस्या नआउन गौतमले जिकिर गरे । यहि रफ्तारमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुनेछ ।
सुरुङ निर्माणमा खटिएका प्राविधिक कर्मचारी तथा कामदारहरुलाइ सहज होस भनेर ठुलो पाइपमा अक्सिजन सहित हावा पास गर्ने क्षेत्र बनाइएको छ । सुरुङ निर्माण क्षेत्रमा ठाउ“ ठाउ“बाट पानी निस्किए पनि ठुलो मुल भेटिएर कामै रोक्नु पर्ने अवस्था आएको छैन् । सुनकोशीमा हेडवक्र्स निर्माणको ठेक्का संझौता भइ निर्माण व्यवसायीले क्याम्प निर्माण शुरु गरेका छन् । उच्च प्रबिधिबाट ५ दशमलब ५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भैरहेको इन्जिनियर गौतमले जनाए । ल्याव परिक्षणबाट स्विकित भएका सेगमेन्ट मात्र सुरुङ निर्माणमा प्रयोग भएको उहाँको दावी छ ।
सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनिया कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) अहिले दैनिक सरदर १० मिटर र कुनै दिन १५ देखि २० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको छ । सुनकोशी गाउ“पालिकाको कानढुंग्रीमा गएर सुरुङ निर्माण सम्पन्न हुन्छ । यो तामाकोशी र सुनकोशी नदीको संगमस्थल त्रिवेणी भन्दा ९ सय मिटर तलपर्छ । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजार १५ अर्व ५९ करोड ४० लाख रुपैंया“को सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । सुनकोशीमा बाध निर्माण लगाएतका कामको १७ अर्व ७५ करोडको ठेक्का रमण–पटेल जेभीले ३२ प्रतिशत घटेर १२ अर्वमा सकारेको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोशी नदीमा ३० मिटर उचाई र १५८ मिटर लम्बाइको ब“ध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूमेस पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । त्यहा ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनस“गै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिचाई सुविधा पु¥याउने रहेको छ ।