बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुली घर बताउने लामा ६५ वर्ष पछि आफन्त खौज्दै

शनिवार , श्रावण ६, २०८०

सिन्धुली – १६ वर्षको कलिलो उमेरमै रोजगारीको क्रममा प्रभास भासिनु भएका ८१ वर्षिय साईला लामा आफन्तको खोजीमा नेपाल आउनुभएको छ । ६५ वर्ष पछि जन्मेको ठाउँ, आफन्त खोज्दै लामा नेपाल फर्किनुभएको हो । भारतको विभिन्न ठाउँमा काम गर्दै बस्दै आउनुुभएका ८१ वर्षीय साईला लामा नाम बताउने वृद्ध आफन्त खोज्दै गत सोमबार नेपाल आइपुग्नुु भएको हो ।

पश्चिम बंगाल काल्चिनी निवासी भिमकुमार बाक्सालिस सुनुवारको साथमा उहाँ नेपाल आइपुग्नुुभएको हो । आफू जन्मेको हुर्किएको ठाउँ स्पष्ट बनाउन नसक्ने साईला लामालाई नेपाल ल्याउन माया घर संस्थाका प्रतिनिधि कौशल भण्डारीले सहजीकरण गर्नुभएको थियो । बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय परिसरमा प्रहरी नयाव उपरिक्षक सुरज कार्कीको रोहबरमा मायाघरमा भण्डारीले लामाको जिम्मा लिनुुभएको छ । लामाको आफन्त फेला नपरुन्जेल ईटहरी स्थित मायाघरमा लामालाई संरक्षण दिएर राख्ने भण्डारीले बताउनुुभयो ।

अविवाहित लामालाई “तपाईँको घर कहाँ थियो ?” भनेर सोध्दा सिन्धुली गढी, खुर्काेट मास्तिर गढीडाँडा तिर रहेको बताउनुुहुन्छ । यकिन सँग ठेगाना बताउन नसक्दा उनी मायाघर संस्थाको सरणमा पुग्नु परेको छ । लामाले आमाको नाम सञ्चमाया लामा, बुबाको नाम सन्तमान तामाङ र मित भाइको नाम शिव क्षेत्री रहेको बताउने गर्नुभएको छ ।

६ दशक सम्म नेपालका कोही व्यक्ति, आफन्तहरू सँग सम्पर्क नभएका लामा जीवनको उत्तरार्धमा सहारा खोज्दै नेपाल आउनुुभएको हो । आफन्त नातागोता भेटने अभिलाषा लिएर नेपाल आएका साइला लामाको आफन्त खोजीकार्यमा मायाघरको टिम लागिपर्ने र नागरिकहरूले पनि खोजीकार्यमा सहयोग गरिदिन मायाघर सञ्चालन समिति अध्यक्ष सुभद्रा प्याकुरेलले सबै समक्ष अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया