बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

मन्दिर परिसर सरसफाई

शुक्रवार , श्रावण ५, २०८०

सिन्धुली – कमलामाई नगरपालिका –६ मा रहेको रामेश्वरधाम मन्दिर कमलामाई नगरपालिका –५मा रहेको कालीमाई मन्दिर वरिपरि“सिन्धुली सरसफाई अभियान”अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुलीकोको आयोजनामा सरसफाइ गरिएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालको कमाण्डमा सरसफाइ भएको हो ।

सरसफाई कार्यक्रममा प्रहरी उपरिक्षक सिलवालले धार्मिक स्थल वरिपरि फोहोर नहोस् भन्ने उद्देश्यको साथ सरसफाइ कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले सरसफाई हरेक टोल टोल र स्थानहरुमा पनि हुनुपर्ने बताउदै,सरसफाइमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख उपरीक्षक राज कुमार सिलवाल कमाण्डमा प्रहरी अधिकृत तथा जवानहरु जिल्ला समन्वय समिति सिन्धुलीको उप प्रमुख शान्ता कार्की ,रामेश्वरधाम मंन्दिर व्यवस्थापन समितिको अध्यक्ष चन्द्रप्रसाद कोईराला रामेश्वरधाम मंन्दिर व्यवस्थापन समितिको सदस्यहरु तथा स्थानिय समेतको सहभागितामा रामेश्वरधाम मंन्दिर र कालिमाई मंन्दिर सरसफाई गरिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया