बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

घ्याङलेख गाउँपालिले विहान ८ बजे देखि सेवा दिने

शुक्रवार , श्रावण ५, २०८०

सिन्धुली, – बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुँदै आएको घ्याङलेख गाउँपालिकाको कार्यालय साउन १ गते बाट बिहान ८ बजेदेखि नै खुल्न थालेको छ । यस अघि विहान १० बजे देखि साँझ ५ बजे सम्म मात्रै सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले साउन देखि विहान दुई घण्टा र साँझ दुई घण्टा अतिरिक्त सेवा प्रवाह गर्न सुरु गरेको छ ।

गाउँपालिकाको विभिन्न वडाको टाढा र माथिल्लो लेकभेगका नागरिकको सहजताको लागि विहान ८ बजे नै कार्यालय खोली साँझ ७ बजे सम्म सेवा प्रवाह गर्न सुरु गरिएको घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो ।

“गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रममा उल्लेख भए अनुसार जनताको सहजता र सुविधाको लागि विहान ८ बजे देखि साँझ ७ बजे सम्म कार्यालय खोली सेवा प्रवाह गर्न थालिएको हो ।” अधिकृत कार्कीले भन्नुभयो ।

घ्याङलेख गाउँपालिकाको माथिल्लो भेगमा सडक राम्रो नभएकाले विहान र बेलुका गरी दुई समय मात्रै निजी बोलेरो गाडीहरु संचालन हुदै आएका छन् । गाउँपालिकाको टाढा र लेक भेगका जनताहरु विहानै सोही बोलेरो गाडीमा आउनु पर्ने र साँझ चाडै फर्खनु पर्ने बाध्यतालाई मध्यनजर गरेर अतिरिक्त सेवा प्रवाह गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, योजना शाखामा कार्यरत कर्मचारी, लेखा लगाएत आवश्यकता अनुसारका अन्य शाखाका कर्मचारीहरु विहान ८ बजे नै कार्यालयमा हाजिर भई साँझ ७ बजे सम्म सेवा प्रवाह गर्ने निर्णय भएका प्रशासकिय अधिकृकार्कीले बताउनुभयो ।

“स्थायी कर्मचारीहरुले नेपाल सरकारले तोकेकै तलब भत्तामा अतिरिक्त थप चार घण्टा सेवा दिनेछन् । विहान बेलुका काम गर्ने कार्यालय सहयोगीहरुलाई भने दिउँसो काममा आउनु नपर्ने भनेको छौं” कार्कीले भन्नुभयो ।

प्रतिक्रिया