बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

मन्त्री गंगानारायण श्रेष्ठलाइ पिर्के सलामी

शुक्रवार , श्रावण ५, २०८०

 

सिन्धुली – आफैंले ध्वस्त पारेको प्रहरी चौकी नयाँ भवन २८ वर्षपछि वाग्मती प्रदेसका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले विहीबार एक समारोहकाबीच आफैंले उद्घाटन गर्नु भएको छ । माओवादीले २०५२ साल फागुन १ गते जनयूद्धको थालनी गर्दा सिन्धुलीगढी प्रहरीचौकीमा आक्रमण गरि ध्वस्त बनाएका थिए । त्यहि चौकीको गोलन्जोर गाउ“पालिका ५ खनिया“खर्कमा बनेको तीनतले नयाँ भवनको मन्त्री श्रेष्ठले उद्घाटन गर्नु भएको हो । तत्कालिन समयमा माओवादीबाट ऐतिहासिक सिन्धुलीगढी परिसरमा रहेको गढी प्रहरी चौकी आक्रमण गर्ने टोली सदस्यमा मन्त्री श्रेष्ठ पनि सामेल हुनु हुन्थ्यो । भवनमा ढुंगामुडा गरि शुरु भएको आक्रमणपछि प्रहरीहरु भागेकाले आगो समेत लगाएर ध्वस्त पारियो ।

त्यहि गढी प्रहरी चौकीको भवन उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनयूद्ध शुरु गर्दा सिन्धुलीगढी प्रहरी चौकी माथि आक्रमण गरेर जनयूद्धको शंखघोष भइ १० वर्षसम्म चलेकाले अहिलेको उपलव्धीहरु हात लागेको दावी गर्नुभयो । अव त्यो प्रहरी चौकी माथिको आक्रमण इतिहास बनिसकेको भन्दै मन्त्री श्रेष्ठले जनयूद्ध पार्टी वा व्यक्तिको रहरले नभइ ऐतिहासिक आवश्यक्ता भएको जिकिर गर्नुभयो । अंग्रेजको साम्राज्यवाद र नेपालको सामन्तवाद विरुद्धको लडाइ सिन्धुलीगढीबाटै भएको मन्त्री श्रेष्ठले स्मरण गर्नुभयो ।

गढी प्रंहरी चौकी आक्रमणमा आफ्नो सहभागिताबारे मन्त्री श्रेष्ठले खुलाउनु भएन् । ऐतिहा“सिक सिन्धुलीगढी प्रहरी चौकीलाइ बीपी राजमार्गमा हुने दुर्घटना र अवाञ्छित गतिबिधी रोक्नका लागि खनिया“खर्कमा सारेको मन्त्री श्रेष्ठको भनाइ थियो । स्मरणीय के छ भने मन्त्री श्रेष्ठ हाल समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ भने माओवादीको चुनाव चिन्ह लिएर प्रदेससभा सदस्य जित्नु भएको हो ।

मन्त्री श्रेष्ठ गढी प्रहरी चौकी आगजनी तथा अन्य मुद्धामा लामो समय सिन्धुली कारागारमा वन्दी जीवन बिताउनु भएको थियो । वाग्मती प्रदेस सरकारको लगानीमा गढी प्रहरी चौकी सहित ४७ वटा भवन प्रहरीलाई हस्तान्तरण गरिएको र २१ वटा निर्माणाधिन रहेको कार्यक्रममा जानकारी दिइयो ।

नवनिर्मित तीनतले भवन दुइकरोड ४९ लाख १३ हजार ३४३ रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको हो । उक्त प्रहरी चौकीमा बीपी राजमार्ग र मध्ये पहाडी राजमार्गमा हुने दुर्घटना उद्धारका लागि एम्बुलेन्स र उद्धारका लागि दु्रत प्रहरी टोली समेत राखिने व्यवस्था मिलाइने मन्त्री श्रेष्ठले जानकारी दिनु भयो ।

उदद्घाटनका कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण राणाले अपराध न्यूनीकरणका लागि प्रहरीलाई नागरिकको साथ अत्यावश्यक रहेको बताउनुभएको छ ।

नागरिक पनि बिना बर्दीको प्रहरी भएकाले अपराध न्यूनीकरण र समुदायमा शान्ति सुरक्षा कायम राख्न नागरिकको महत्वपुर्ण दायित्व रहने डीआईजी राणाको भनाई छ । अनुसन्धानलाई प्रभावकारी बनाउँदै, नागरिकसँगको सहकार्यमा अग्रीम कार्ययोजना बनाएर काम गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रहरी नायब महानिरीक्षक किरण राणाले निर्देशन दिनुभएको छ ।

खनिया“खर्क चोकबाट करिब एककिलोमीटर माथि डाडामा बनेको प्रहरी चौकीसम्म पुग्ने सडक वाग्मती प्रदेस सरकारबाट कालोपत्रे गरिदिन सिन्धुली प्रहरीका प्रमुख एसपी राजकुमार सिलवालले मन्त्री श्रेष्ठ समक्ष माग राख्नुभयो । मन्त्री श्रेष्ठलाई सो अवसरमा प्रहरीको टुकडीले सलामी अर्पण गरेका थिए ।

गढीको प्रहरी चौकी खनिया“खर्कमा सारेकोमा जनप्रतिनिधि तथा स्थानीयले दुःख व्यक्त गरेका छन् । ऐतिहा“सिक सिन्धुलीगढी प्रहरी चौकी गढीमै हुनुपर्छ भनेर सबै निकाय चाहार्दा समेत सुनुवाइ नभएको कमलामाइ नगरपालिका वडा ३ का वडाध्यक्ष खड्गप्रसाद चौलागाइले बताउनु भयो । गढीको प्रहरी चौकी कमलामाइ नगरपालिकाबाट गोलन्जोर गाउ“पालिकामा सारेपछि वडा नं ३, सुनकोशी गाउ“पालिकाको वडा नं ७ का स्थानीयहरु सेवा लिनका लागि लामो दुरी पार गरेर धाउनुपर्ने बाध्यता आइलागेको उहाँको भनाइ थियो ।

नवनिर्मित भवन उदघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, बागमती प्रदेशका सांसद छेत्र बहादुर बम्जन, जिल्ला समन्यव समिति प्रमुख कार्साङ लामा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया