बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा ब्लड बैँक स्थापनाका लागि ११ लाख बढी रकम संकलन

बिहिवार , श्रावण ४, २०८०

सिन्धुली– सिन्धुलीमा निशुल्क ब्लड बैँक स्थापनाको लागि हालसम्म ११ लाख भन्दा बढि रकम संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीले निःशुल्क ब्लड बैंकका लागि १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने योजना बनाएको छ ।

ब्लड बैँक स्थापनाकालागि रकम संकलन भइरहेको नेपाल रेड्क्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो । ब्लड बैँक स्थनापनाको लागि हाल सम्म ११ लाख ३० हजार २ सय ६७ रुपैँया संकलन भइसकेको उहाँले जानकारी दिनुभयो ।

निःशुल्क रगत उपलब्ध गराउनको लागि कोष स्थापना गर्ने योजना राखिएको उहाँको भनाइ छ । उक्त कोषबाट ब्लड बैक संचालन तथा ब्यवस्थापन गरी बिरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने उदेश्य रहेको उहाँले बताउनुभयो । साथै, उहाँले ब्लड बैँकका लागि सहयोग गर्न सम्पूर्णलाई अपिल समेत गर्नुभएको छ

प्रतिक्रिया