सिन्धुली– सिन्धुलीमा एक वर्षको अवधिमा २५ वटा मोटसाइकल चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २५ वटा मोटसाइकल जिल्लाको विभिन्न स्थानबाट हराएको थियो ।
हराएको २५ वटा मोटसाइकल मध्ये १३ वटा मोटसाइकल प्रहरीले फेला पारेर सम्बन्धी मोटसाइकल धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक चिरजिवि दाहालले बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल चोरीमा संलग्न अभियुक्तहरुलाई नियन्त्रणमा लिई ९ वटा मुद्धा दर्ता भएको छ । यसैबिच, कमलामाई नगरपालिका ४ हिरापानी स्थित साथि होटल जाने शाखा सडकमा बेवासिरे अवस्थामा फेला पारेको मोटसाइकल सिन्धुली प्रहरीले सम्बन्धी धनीलाई बुझाएको छ ।
गत असार ३१ गते प्रहरीले गस्ति गर्ने क्रममा भेटाएको प्रदेश २–०२–००४ प १२९१ नम्बरको २०० सिसिको रातो एनएस मोटसाइकल बेवारिसे अवस्थामा फेला पारेको थियो । मोटसाइकल धनी सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ६ का ४१ वर्षिय देव किशोर महतोलाई बुधबार मोटरसाइकल बुझाएको प्रहरीले जानकारी दिएको छ ।